२८ आश्विन २०८३, बुधबार

दुवईमा मृत्युदण्ड सुनाइएका अमर बहादुर बमको जीवन रक्षाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल विश्व सहयोग संघले यूएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अमर बहादुर बमको जीवन रक्षाको लागि सरकारसंग सहयोगका लागि अपिल गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गदै नेपाल विश्व सहयोग संघले दुबईमा ११ बर्षदेखि जेलमा रहेका मृत्युदण्डको सजाय सुनाईएका दार्चुलाका अमर बहादुर बमको जीवन रक्षाको लागि सरकार लगायत सवै सरोकारवालासंग सहयोगको लागि अपिल गरेको छ । बमलाइ ज्यानमारको मुद्यामा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

पत्रकार सम्मेलनमा संघका ग्लोवल च्याप्टर अध्यक्ष मणि नेपाली पनेरुले प्रवासमा नेपालीहरुले ठूलो समस्या भोग्नुपरेको भन्दै सवै पक्षले सहयोग गर्न सके थोरै भएपनि प्रवासमा बस्ने नेपालीहरुले राहत महशुस गर्ने बताए । उनले बेरोजगारीका कारण धेरै नेपालीहरु विदेशिन बाध्य भएका र शिक्षाको अभावमा गम्भिर समस्यामा समेत रहेका बताउँदै त्यस्ता समस्यामा रहेकाहरुलाइ उद्धार गर्नु आफूहरुको दायित्वसमेत रहेको बताए । पनेरुले दुवइमा मृत्युदण्ड सुनाइएका अमर बहादुर बम निर्दोष रहेको बताउँदै उनलाइ बचाउन नेपाल सरकारले ढिलाइसमेत गरेको गुनासो गरे । उनले भने–यदि नेपाल सरकारका प्रधानमन्त्री, पराष्ट्रमन्त्री लगायतले पहल कदमी गर्ने हो भने अमर बहादुर बम सकुशल स्वदेश फिर्ता हुन सक्ने पनि बताए ।

त्यस्तै संघका नेपाल च्याप्टर अध्यक्ष दयाराम पाण्डेले चाँडै नेपाल सरकारले पहलकदमी गरी उच्चस्तरीय भ्रमण गरे बम सकुशल नेपाल फिर्ता हुन सक्ने बताउँदै अमर बहादुर बमको जीवन रक्षाको लागि आफ्नो संस्थाले निरन्तर अभियान समेत चलाएको छ । उनले भने–हामीले प्रधानमन्त्री सुशिल कोईरालालाइ पनि भेट्यौ, उहाँले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यो अत्यन्तै सकारात्मक छ । तर ढिलाइ गरिदिनुभएन । उनले अमर बहादुर बमले जुन किसिमको सजाय पाएका छन्, त्यसमा उनको कुनै गल्ती नभएको बरु उनको भाषागत कमजोरीको कारण जेल परेको पनि बताएका छन् ।

पाण्डेले सवै नेपाली दाजुभाइहरुले आ–आफ्नो ठाउँबाट सहयोग गरे उनलाइ ब्लड मनी मार्फत बचाउन सकिने बताए, तर यसमा सवैभन्दा ठूलो भूमिका भने सरकारको नै रहेको पनि बताए । पीडितलाइ मनाउन सकियो भने ब्लड मनीका लागि लाग्ने रकम तिरेर बमलाइ नेपाल ल्याउन सकिने पनि उनले जानकारी दिए । यस अघि पनि यही संस्थाको पहलमा अनिश खालिङ राइलाइ पनि ब्लड मनी मार्फत नेपाल झिकाउने काममा सहयोग गरेको बताए ।उनले भने– अब अनिश खालिङ नेपाल आउने करिब करिब पक्का भएको छ ।

संघका सल्लाहकार दामोदर नेपालले पनि अमर बहादुर बमको जीवन रक्षाको लागि सवै संघ सहयोगको आह्वान गरेका छन् । उनले नेपालीहरु कामको सिससिलामा विदेशिन बाध्य भएको भन्दै समस्यामा परेका छन् । प्रधानमन्त्री, राष्ट्रपति र पराष्ट्रमन्त्री मध्ये कसैको नेतृत्वमा भएपनि दुवइको उच्चस्तरीय भ्रमण गराइ पहल कदमी चाल्नुपर्दछ । हामीले सवैबाट सहयोग गर्छौ भन्ने आश्वासन पनि पाएका छौं ।

कार्यक्रममा दि हिमालयन ट्रिव्युन डटकम नामक ई पत्रिकाको समेत उद्घाटन गरिएको छ । उक्त ई पत्रिकाको उद्धघाटन भने नेपाल विश्व सहयोग संघका ग्लोवल च्याप्टर अध्यक्ष मणि नेपाली पनेरुले गर्नुभएको थियो । पत्रिकाको सम्पादक भने दामोदर नेपाल रहनुहुने भएको छ ।