काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
कांग्रेस नेता पौडेलले बुधबार बिहान काठमाडौंको लैनचौरस्थित निवास पुगेर स्व.घिमिरेलाई अन्तिम श्रद्धाञ्जलि दिएका हुन् ।
मंगलवार साँझ घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो । स्व.घिमिरेको अन्तिम संस्कार बुधबार पशुपति आर्यघाटमा हुनेछ ।
पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
स्व.घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन् ।
पौडेलले दुःखको घडीमा परिवार, समस्त साहित्य प्रेमीहरू तथा र राष्ट्रप्रेमी नेपालीमा समवेदना व्यक्त गरेका छन् । उनले घिमिरेको योगदान अमर रहने बताएका छन् ।











प्रतिक्रिया