६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रकवि घिमिरेले लगाएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् : प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार १०१ वर्षको उमेरमा निधन भएका राष्ट्रकवि घिमिरेको निधनप्रति प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमामार्फत घिमिरेको निधनको खबरले आफूलाई दुख लागेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ लेखेका छन् ।

प्रधानमन्त्री ओलीले घिमिरेले नेपाली साहित्य र वाङमयको क्षेत्रमा ठूलो दिएका बताए । ‘साहित्य मार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’

१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको मंगलबार कपुरधारस्थित निवासमा निधन भएको थियो ।

उनको वुधबार अन्त्योष्टि गरिने बताइएको छ ।र