६ कार्तिक २०८३, शुक्रबार

भक्तपुरमा भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सार्वजनिक यातायात आगामी १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग भएको छलफलबाट यस्तो निर्णय भएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौँको सङ्ख्यामा सङ्क्रमित थपिरहेको तथा भक्तपुरमा पनि सङ्क्रमितहरु बढ्दै गएको देखिएकाले भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए । –रासस