७ मंसिर २०८३, सोमबार

मोरङमा अवैध उत्खननमा संलग्न ट्रयाक्टर र टिपर नियन्त्रणमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ भदाै । मोरङ जिल्लाकाे सुन्दरहरैचा नगरपालिका-४ गोकुलमबाट अबैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेका को.२ त ५५३५ नम्बरको ट्रयाक्टर र टिपरसहित चालकलाइ पक्राउ गरेकाे छ ।

ट्रयाक्टरका चालक सोही स्थान बस्ने ३७ वर्षीय दिनेश मगर र को.१ ख ५२२६ नम्बरको टिपर सहित चालक धनकुटा सागुरीगढी गाउँपालिका-१ बस्ने ४० वर्षीय योगेन्द्र लिम्बुलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जनाकाे छ ।

अवैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले फेला पारी चालकलाई सवारी साधन सहित नियन्त्रणमा लिएको हो ।

केराबारी गाउँपालिका-८ स्थित खदम खोलामा अवैध रुपमा ढुङगा लोड गरिरहेको अवस्थामा प्रदेश नम्बर-१-०२-००३ त ०४३६ नम्बरको ट्रयाक्टरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको थियाे ।

नियन्त्रणमा लिएका सवारी साधन र चालकलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।