३० आश्विन २०८३, शुक्रबार

चीनका लागि जासुसी गरेको आरोपमा सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

उनले आफ्नो एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोप उनीमाथि लागेको छ । उनका नातेदार पनि सीआईएका कर्मचारी नै थिए । ६७ वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बताएको छ ।

उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ । चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् ।

मालाई मङ्गलबार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ ।