३० आश्विन २०८३, शुक्रबार

पर्सामा पत्रकार, प्रहरीसहित १३४ जनामा कोरोना संक्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरीसहित १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १०१ जना पुरूष र ३३ जना महिला छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् ।

नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १२३ जनासहित थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् ।

सान्भी एफ.एम.का ३१ बर्षका १ जना प्रबन्ध निर्देशक, नारायणी अस्पतालको आइसीयूमा अपचारार्थ २२ वर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका ७ जना प्रहरी रहेका छन् भने वीरगन्ज ४ बिर्ताका एक जना ३२ बर्षका डाक्टर समेतमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १८ जना रहेका छन् भने पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका २५ जना छन् ।

त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।