३० आश्विन २०८३, शुक्रबार

स्पेन छाडेका पूर्वराजा यूएईमा रहेको स्पेनी राजदरबारद्वारा पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन, २ भदौ । देश छाडेका स्पेनका पूर्वराजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ ।

देश छोडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे आम चासो चलिरहेको बेला सो कुराको पुष्टि भएको हो । भ्रष्टाचारसमन्बन्धी एउटा अनुसन्धानकाबीच कार्लोसले अगस्ट ३ तारिखमा देश छाड्न लागेको अप्रत्याशित घोषणा गरेका थिए ।

राजदरबारका एकजना प्रवक्ताले ८२ वर्षीय पूर्वराजा अगस्ट ३ तारिखमा यूएई गएको र उनी त्यही रहेको जानकारी दिएको बीबीसी नेपालीले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार एउटा ठूलो भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा उनी जोडिएका छन् ।

र, उनको सम्पत्तिमाथि अध्ययन भइरहेको छ । उनले भने आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन् ।