३० आश्विन २०८३, शुक्रबार

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न कात्तिकसम्म म्याद थपको प्रस्ताव

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । कोरोना भाइरस हामारीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न समस्या परेको गुनासो बढेपछि ४ महीना म्याद थप्न प्रस्ताव गरिएको छ ।

राष्ट्रिष परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार धेरै स्थानीय तहले नवीकरणको काम गर्न नसकिएको भनेर म्याद थपका लागि आग्रह गरेकाले त्यस्तो प्रस्ताव गृह मन्त्रालय पठाएको बताएको छ । देशभर करीब २९ लाख व्यक्तिलाई विभिन्न शीर्षकमा राज्यले ४०० देखि ३ हजार रुपैयाँ प्रतिमहीना भत्ता उपलब्ध गराउँदै आएको छ ।

भत्ता पाउने व्यक्तिले हरेक वर्षको साउन महीनाभित्र वडा कार्यालयमा गएर नवीकरणका लागि निवेदन दिनु पर्ने व्यवस्था सामाजिक सुरक्षा नियमावलीमा छ ।

भत्ता पाउनेमा धेरै ६० वर्षभन्दा माथिका व्यक्तिहरू भएको र कोरोना भाइरसको जोखिमका बेला वडा कार्यालयसम्म पुग्नु थप जोखिम हुने स्थानीय तहहरुको भनाइ छ । विभागका प्रवक्ता शिवराज जोशीले ४ महीना म्याद थप गर्न मन्त्रालयमा फाइल पेश गरेको बताए ।

नियमावलीको व्यवस्थामा परिवर्तन गर्नुपर्ने भएकाले उक्त विषयमा मन्त्रिपरिषद्‍ले निर्णय गर्नु पर्ने हुन्छ ।