प्यूठान, २ भदाै । प्यूठान जिल्लामा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ ।
जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएपछि सिकिस्त बिरामी परेका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । परिवारका अन्य तीन जनाको उपचार भइरहेको छ ।











प्रतिक्रिया