६ मंसिर २०८३, आइतबार

गण्डकी प्रदेशमा थप २५ जना कोरोना पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ भदाै । गण्डकी प्रदेशमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उनीहरू सबैलाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।