
मकवानपुर, १ भदौ । बागमती प्रदेशकी उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा संक्रमण पुष्टि भएको हो । उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण देखिएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ नुवाकोटका वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो । संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।















प्रतिक्रिया