
काठमाडौँ, १ भदौ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको चिनियाँ कम्पनी क्यानसिनोले चीनमा पेटेन्टको अनुमति प्राप्त गरेको छ ।
कम्पनीले निर्माण गरेको एड ५–एनकोभ खोपलाई ११ अगस्टमा चिनियाँ बौद्धिक सम्पत्ति नियामकले पेटेन्टको अनुमति दिएको हो ।
पिपुल्स डेलीका अनुसार चीनले पहिलोपटक कोरोना खोपलाई पेटेन्टको अधिकार दिएको हो । अधिकारीहरुले यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यवसायिक उपलब्धि मानेका छन् ।
पेटेन्टको अनुमति पाएपछि यस्तै किसिमको खोपको कसैले पनि नक्कल गर्न नपाउने विज्ञहरु बताउँछन् । यद्यपि क्लिनिकल अभ्यासका लागि पेटेन्ट अनिवार्य छैन ।
अगष्ट महिनाको शुरुवातमा साउदी अरेबियाले क्यानसिनोले निर्माण गरिरहेको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि रुस, ब्राजिल र चिलीसँग पनि कुरा गरिरहेको थियो ।
कोरोना खोपलाई पेटेन्टको अनुमति दिइएको समाचारसँगै सोमबार क्यासिनोको शेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६.६ प्रतिशत बढेको छ । -एजेन्सी















प्रतिक्रिया