
काठमाडौं, १ भदौ । नेपाल र भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि नेपाल र भारतबीच भएको यो पहिलो औपचारिक बैठक हो । यसअघि दुबै देशका प्रधानमन्त्रीचबीच शनिबार टेलिफोन संवाद भएको थियो ।
सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा पनि सहभागी थिए ।
बैठकमा भारतले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने प्रतिवद्धता जनाएअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भइसकेको जानकारी दिएको छ ।
भिडियो कन्फ्रेन्समार्फत भएको बैठकमा विशेशगरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया