३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा संवैधानिक नियुक्तिबारे देउवासँग छलफल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिहरुबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता रमेश लेखकसमेत सहभागी दिए ।

भेटमा कतिपय संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेका छन् । यस्तै सभापति देउवाले भने केही जरुरी महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

देउवाले सिन्धुपाल्चोकको लिदी पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको र कयौं बेपत्ता भएको विषयमा गम्भीर बन्न आग्रह गरेका छन् । यस्तै देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको भन्दै सरकारको भूमिका सन्तोषजनक नदेखिएको भन्दै जिम्मेवार बन्न आग्रह गरेका छन् ।

त्यसैगरी कोरोनाको संक्रमण न्यूनीकरणका बारेमा पनि देउवाले प्रधानमन्त्रीसँग आफ्नो योजनाहरु राखेको देउवाका सहयोगी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।