
सिन्धुपाल्चोक, १ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोबाट थप ३ जनाको शव निकालिएको छ ।
सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । गत शुक्रबार बिहान करीब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता छन् ।
पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए भने ३७ घरपरिवार प्रभावित भएका छन् ।
बेपत्ताहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सक्रियतापूर्वक खोजी कार्य जारी राखेको छ ।















प्रतिक्रिया