
इटहरी, १ भदौ । प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रका दुई जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण पुष्टि भएको हो । अहिले सुनसरी प्रहरीको हिरासतमा १२ जना थुनुवा छन् । अन्यको भने रिपोर्ट नेगटिभ आएको छ ।
पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखिएको छ भने अस्पताल लैजाने तयारी पनि गरिएको छ ।















प्रतिक्रिया