
काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन् ।
छलफलमा देउवाले नेता रमेश लेखकलाई लिएर गएका छन् भने नेकपाका अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।
अध्यक्ष ओली र दाहालले भर्खर आफ्नो पार्टीको सचिवालय बैठक सम्पन्न गरेका छन् । त्यसलगत्तै देउवासँगको छलफल तय गरिएको हो ।















प्रतिक्रिया