३० आश्विन २०८३, शुक्रबार

क्रमशः घट्दै सुनको मूल्य, आज कति घट्यो ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सुनचाँदीको मूल्य आज पनि केही घटेको छ । तोलामा २०० रुपैयाँ घटेर सुन आज सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साउन महीनाभर नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको मूल्य महीनाको अन्तिम दिन हिजो आइतबार भने तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रति तोला १ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले बताएको छ । पछिल्लो केही दिनयता सुनको मूल्य थोरै थोरै क्रमशः घट्दै गएको छ ।