
काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन आह्वान गरेको छ ।
सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ ।
पुनरकर्जाका लागि ऋणीले भने जुन बैंकबाट ऋण लिएको हो सोही बैंकको सोही शाखामा निवेदन दिनुपर्ने छ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
आगामी असोज १४ गतेसम्म यस्तो आवेदन बुझाई सक्नु पर्ने बताइएको छ । सूचना उल्लेख भए अनुसार बैंकहरुले नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची समेत संलग्न राखी आवेदन दिनुपर्ने छ ।
पुनर्कर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई उपलब्ध गराउछ भने ऋणीले ५ प्रतिशतमात्रै ब्याज तिर्नुपर्ने छ ।















प्रतिक्रिया