२ कार्तिक २०८३, सोमबार

कोरोनाका कारण न्यूजिल्याण्डको आम चुनाव प्रभावित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड, १ भदाै । कोरोना भाइरसको महामारीका कारण न्यूजिल्याण्डको आम चुनाव एक महिनापछि धकेलिएको छ ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् ।

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव हुँदै थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डाले सोमबार चुनावको नयाँ मितिले पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीतिहरु बनाउन तथा चुनावी अभियान चलाउन अवसर दिने बताएकी छन् ।

यो हप्ताको सुरु कोरोना भाइरसका संक्रमति पुनः देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु गरिएको थियो ।

आइतबारसम्म न्यूजिल्याण्डमा एउटै क्लस्टरसँग जोडिएका कोरोना भाइरसका ४९ संक्रमित पत्ता लागेका छन्।

न्यूजिल्याण्डमा कुल संक्रमितको संया १६ सय २२ रहेको छ । अहिलेसम्म कोभिड–१९ का न्यूजिल्याण्डमा २२ जनाको ज्यान गएको छ ।