
बारा, ३२ साउन । जितपुर सिमरा उपमहानगरपालिका–२ बाट प्रहरीले नगदसहित ७ जना कौडा खेलाडीलाई पक्राउ गरेको छ ।
स्थानीय कुमार श्रेष्ठ र प्रधुम्न बैद्यले सञ्चालनको गरेको सगुन होटेलमा कौडा खेलिरहेका उनीहरुलाई नगद २ लाख ९१ हजार ५०० रुपैयाँ र १६ थान कौडासहित शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ का ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मानबहादुर गुरुङ, बागमती नगरपालिका–१ सर्लाहीका ४१ वर्षीय ताराकुमार श्रेष्ठ, परवानीपुर गाउँपालिका–८ बाराका ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका–२ का ३५ वर्षीय बिनोद प्रसाद यादव, बढीमालिका नगरपालिका–८ सल्यानका ३२ वर्षीय भुबन चन्द र बाह्रबीसे नगरपालिका–७ सिन्धुपाल्चोकका २५ वर्षीय पदम नेवार छन् ।
उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले होटेलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया