३० आश्विन २०८३, शुक्रबार

नेकपा सचिवालय बैठक सोमबार बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । सत्तारुढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार विहान ९ बजेका लागि बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

नेकपामा देखिएको गतिरोध अन्त्यका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि विभिन्न चरणमा छलफल भएका छन् ।

शुक्रबार विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् ।

कार्यदललाई सचिवालय बैठकले अनुमोदन गर्नुपर्ने माग उठेका बेला सोमबार बैठक लागेको हो ।