
काठमाडौं, ३२ साउन । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।
यसअघि प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।















प्रतिक्रिया