३० आश्विन २०८३, शुक्रबार

चारसय बढी कृषकलाई पचास लाख अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaबनेपा, ३ चैत्र । युवा लक्षित कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् ।
जिल्ला कृषि विकास कार्यालयले अनुदानका लागि ४०५ जना कृषकलाई छनोट गरेकोे छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीका अनुसार भकारो सुधारका लागि ३०० जना, व्यावसायिक तरकारी खेतीका लागि ६० जना, च्याउ खेती र माछापालनका लागि २०/२० जना तथा दनुवार समुदायका चारजना कृषकलाई अनुदानको रकम वितरण गर्ने निश्चित् भएको छ ।

खेतीमा प्रति कृषक रु ४० हजार, माछापालनका लागि पोखरी खन्न रु १० हजार, भकारो सुधारका लागि रु पाँच हजार २०० का दरले र अन्य शीर्षकमा रु ५० हजार अनुदान दिइने बाली विकास अधिकृत जिसीको भनाई छ ।

कृषि कार्यालयका अनुसार व्यावसायिक तरकारी खेतीमा रु २४ लाख, भकारो सुधारका लागि रु १५ लाख ६० हजार, च्याउखेती प्रर्वद्धनका लागि रु आठ लाख, माछापालनका लागि रु दुई लाख ४० हजार अनुदान स्वरुप कृषकलाई कार्य सम्पादन प्रतिवेदन बुझाएपछि प्रदान गर्ने निर्णय भएको छ ।

विभिन्न शीर्षकमा पाइने अनुदानका लागि झन्डै ८०० कृषकको आवेदन परेको थियो । रासस