
सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ भने शनिबार एकजना बेपत्ता थप भएका छन् ।
शव भेटिएका १६ जनाकै सनाखत भइसकेको छ । मृत्यु हुनेमा ९ जना बालबालिका, ४ जना महिला र अन्य पुरुष छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महीनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महीनाका रिमेश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महीनाका कबिर दोङ छन् ।
मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि समे गरिसकिएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । अन्य २३ जना बेपत्ताको खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।















प्रतिक्रिया