
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमिेकी मुलुक भारतलाई शुभकामना सन्देश व्यक्त गरेका छन् ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिबार प्रधानमन्त्री आलीले सामाजिक सञ्जालमामार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश दिएका हुन् ।
शनिबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन् ।
कोरोना महामारीकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लालकिल्लाबाट देश र जनताका नाममा सम्वोधन गरेका छन् ।















प्रतिक्रिया