३० आश्विन २०८३, शुक्रबार

झारफुक गर्ने बाहनामा भाउजु बलात्कृत, देवर पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३१ साउन । सल्यानमा झारफूक गर्ने बाहनामा आफ्नै भाउजुमाथि बलात्कार भएको छ ।

जिल्लाको शारदा नगरपालिका–८ सिमखर्चका ३८ वर्षीय पुरूष (देवर)ले झारफुकको बाहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बलात्कार गर्ने ति पुरुषलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि २० गते राति करीब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

आरोपितलाई साउन २९ गते पक्राउ गरिएको र साउन ३० गते सल्यान जिल्ला अदालतवाट म्याद थप भइ अनुसन्धान भइरहेको छ ।