३० आश्विन २०८३, शुक्रबार

लिदीको पहिराेमा ज्यान गुमाएका ११ जनाको सनाखत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चाैतारा, ३१ साउन । सिन्धुपाल्चोक जिल्लाकाे जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् ।

पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा प्रिती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।

शनिबार बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।