२ कार्तिक २०८३, सोमबार

बेलायतमा कोभिड-१९ खोप प्रारम्भीक क्लिनिकल परीक्षणमा सफलता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ साउन । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।

बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड भाइरस रोक्नको लागि अत्यन्त आशाजनक ठानिएको यो अर्को खोप हो ।

न्यूयोर्कस्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ ।

खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ । खोप परीक्षण गरिएका मानिसहरूमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेकाे छैन । केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका छन् ।

फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी १६२ बी १ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ ।