२९ आश्विन २०८३, बिहिबार

सैनिक विद्यालयमा आक्रमण गरी १३४ विद्यार्थीको हत्या गर्ने बाह्र जनालाई फाँसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sena-pakistan

इस्लामाबाद, ३ चैत । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ ।

ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लाहरुमा फाँसी दिएको जनाइएको छ ।

मङ्गलबार विहान १४ जना अपराधीलाई फाँसी दिइने सुची तयार गरिएकोमा अन्तिम घडीमा दुई जनालाई सो सुचीबाट हटाइएको जनाइएको छ ।

उनीहरुलाई आजै फाँसी नदिइएको हो वा फाँसीको सजाय नै मिनाहा गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

फाँसी दिइएका ती व्यक्तिहरुमाथी घरेलु हिंसा र आतङ्ककारी आक्रमणको आरोप लागाइएको थियो । उनीहरु लामो समयदेखि नै जेलमा रहेका थिए । तिनीहरुकै वाहिर रहेका आतंकवादी लडाकुले विद्यालयमा आक्रमण गर्दा १३४ जना विद्यार्थीले ज्यान गुमाएका थिए ।

ती मध्ये केहीले पाकिस्तानमा भएको सैनिक विद्यालय आक्रमणको योजना बनाएको जनाइएको छ । गएको छ बर्षयता स्थगित गरिएको फाँसीको सजाय पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खुल्ला गर्नुभएयता कयौँ अपराधीलाई पाकिस्तानमा फाँसीमा झुण्डाइसकिएको छ ।

प्रधानमन्त्रीले उक्त निर्णय प्रान्तीय राजधानी पेसावरमा रहेको एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले ३४ जना बालबालिकासहित १५० व्यक्तिको हत्या गरेपछि आएको हो । रासस/सिन्ह्वा