
कालिकोट, ३० साउन । कालिकोट जिल्लाको महाबै गाउँपालिका–३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
बिहीबार राति झरेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरीको मृत्यु भएको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया