काठमाडाैं, ३० साउन । पर्सागढी नगरपालिकाका प्रमुखमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
सोमबार पीसीआर परीक्षण गर्दा पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना पोजिटिभ देखिएको हो ।
यादवले नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
मेयर यादवले अहिले आफू काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उल्लेख गरेका छन् ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनी थप उपचारका लागि २६ साउनमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं आएका थिए ।















प्रतिक्रिया