२ कार्तिक २०८३, सोमबार

रुसले बनाएको कोरोनाविरुद्धको औषधिको यही महिनादेखि तेस्रो चरणको परीक्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

चिकित्सकीय परीक्षण यही महिनादेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिनुभयो ।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराउनु भएको थियो । रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ । –रासस