७ मंसिर २०८३, सोमबार

नेपालगन्जमा चार जना कर अधिकृतसहित १२ जना काेराेना मुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २९ साउन । काेराेनाभाइरसले काठमाडाैं उपत्यकासहित तराइका जिल्लाहरूमा समस्या बनाइरहेका बेला आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ जना कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि उनीहरूलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसोलेसनमा १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताए ।