२ कार्तिक २०८३, सोमबार

भत्काएर भत्किएनन् छाउगोठ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २८ साउन । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो।

सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्। अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो। असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन।

इन्सेकका अनुसार पछिल्लो २५ बर्षयता दैलेखमा १३ जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाएका छन्। दैलेखमा मात्र होइन, कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी बार्ने प्रचलन कायमै छ। महिनावारी बार्ने नाममा महिला तथा किशोरीहरुलाई अहिले पनि तिनै मान्छे नै निल्ने अर्थात ज्यानमारा छाउगोठमा राख्ने गरिन्छ। जसकोकारण महिला तथा किशोरीहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। केहीवर्ष अघि सुर्खेतको गुटुमा स्थानीय निर्मला बर्तौलाको छाउगोठमै ज्यान गयो। महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनको मध्यरातको चिसोले कठ्याङग्रीएर ज्यान गएको थियो।

माथि उल्लेखित घटनाहरु पछिल्लो समय कर्णालीमा छाउगोठमै ज्यान गुमाएका प्रतिनिधिमुलक घटना हुन्। अधिकांश घटनाको तथ्याकं नराखिएको र गाउँमै लुकाइने भएकाले पनि अधिकांश यस्ता घटनाहरु बाहिर नआउने गरेको महिला अधिकारकर्मीहरु बताउँछन्। केही समय अघिमात्र सुर्खेतको बराहताल गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भयो। पीडित किशोरी पनि घरदेखि टाढा रहेको छोगोठमा सुतेकी थिइन्। छाउगोठमा सुतकै कारण ज्यान गुमाउने, बलात्कृत हुने, चिसोले कठ्याङग्रीने, जंगली जनावरको आक्रमणमा पर्ने र सर्पले डस्ने लगायतका समस्याबाट यहाँका महिला तथा किशोरीहरु पीडित भइरहेका छन्।

जो छाउगोठमै जलिन दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटकी ४६ बर्षिया बिक केहीदिन अघि छाउगोठमै जलिन्। उनी असार ८ गते छाउगोठमै सुतेकाबेला आगोमा जलेकी हुन्। आगोमा जलेको लामो समयपछि मात्रै उक्त घटना सार्वजनिक भएको हो। महिनावारी हुँदा घरदेखि टाढा रहेको गोठमा बसेकी बसन्तीले किरा भगाउन बालेको आगो उनकै शरिरमा सल्किएको हो। अन्नपूर्ण पाेस्ट दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले समाचार लेखेका छन् ।