६ कार्तिक २०८३, शुक्रबार

सासंद सिग्देलद्धारा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, २७ साउन । प्रतिनिधीसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलद्धारा गएको असार २९ र साउन ५ गते परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् ।

म्याग्दे गाँउपालिका वडा नं ६ वेलौतेमा लक्ष्मी विकको घरमा पहिरोले घर ढलेर मृत्यृ भएको मृतकको आमालाई संघिय सरकारवाट प्राप्त हुने २ लाख रुपैया सहयोग रकम मध्ये एक लाख रुपैया हस्तान्तरण गरेका हुन् ।

पहिरोमा परि ज्यान गुमाउनेहुनेको परिवारको घरमा नै पुगि सांसद सिग्देलले सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा सांसद सिग्देलले प्राकृतिक विपक्तिमा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना समेत दिए ।

प्राकृतिक विपक्तिले देशका धेरै ठाँउमा भौतिक तथा मानविय क्षति गरेको हुँदा आम जनताहरु नै वर्षाको समयमा सचेत बन्नुपर्ने उनले बताए । साथै उनले विपक्ति परिसकेपछि को पुर्नस्थापनाका लागी सवै सम्वन्धित निकायहरुलाई तत्काल सहयोग गर्न समेत आग्रह गरे ।

आर्थिक सहयोग वितरण कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सडक डिभिजन कार्यलयका ईन्जिनिय सचिन श्रेष्ठ, सिंचाई डिभिजन तनहुँका प्रमुन दीपा गौतम लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

यसैगरि सासंद सिग्देलले म्याग्दे–२, निर्मलवस्तीमा पहिरोको क्षतिका अवलोकन, नयाँवस्तीमा गएको पहिरो र त्यसले पारेको क्षतिको वारेमा समेत निरिक्षण गरेका थिए ।

सो कार्यक्रममा नेकपा तनहुँको नेताहरु प्रदिप अधिकारी, रामचन्द्र उपाध्याय, हरिराज कडेल, श्रीप्रसाद श्रेष्ठ, मुक्ति तिमल्सेना, लगायतको उपस्थिती रहेको थियो ।