
काठमाडौँ, २७ साउन । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएकाको परिवारलाई प्रति सदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ ।
सरकारका प्रवक्ता तथा अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ ।
सो घटनामा नवराज विकसहित ६ जनाले ज्यान गुमाएका थिए । घटनामा जेठ १० गते भएको थियो । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए ।















प्रतिक्रिया