६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा एकैदिन थपिए १३४ कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ साउन । काठमाडौँ उपत्यकामा एकैदिन थप १ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँ १ सय १० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

उपत्यकामा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । त्यस्तै, मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन् । नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।