६ कार्तिक २०८३, शुक्रबार

मंगलबार थपिए ६३८ कोरोना संक्रमित, थप १७१ डिस्चार्ज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६२ जनाको परीक्षण गरिएकोमा थप ६ सय ३८ जना संक्रमित भेटिएका हुन् ।

यससँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । त्यस्तै, मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन् । हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन् ।