३ कार्तिक २०८३, मंगलबार

दोलखामा ‘मसाज’ गरिदेउ भन्दै ८२ वर्षका वृद्धले आफ्नै नातिनी बलात्कार गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeदोलखा, ३ चैत । दोलखामा एक ८२ वर्षका वृद्धले आफ्नै नातिनीको बलात्कार गरेका छन् । राति आफ्नो कोठामा बोलाएर पिठ्युमा मालिस गरिदेउँ भन्दै बाजेले आफ्नै नातिनीलाई बलात्कार गरेका हुन् ।

‘बाजेले कोठामा बोलाउनुभो, पिठ्युमा मालिस गर भन्नुभो, मैले पनि त्यसै गरे । त्यसपछि उहाँले मेरो हात समाएर कपडा खोल्न लगाउनुभयो, मलाई लाज लागिरहेको थियो, तर यस्तो हुन्छ भन्ने थाहा थिएन् ।’ ति बालिकाले अदालतमा वयान दिएकी छिन् ।

बलात्कार गर्दा ति बालिका पीडाले चिच्याएपछि २० रुपैयाँ दिएको वयानमा उल्लेख छ । यो घटना माघ महिनाको हो । दोलखाको सुनखानी गाविस ४ का ८२ बर्षीय बृद्धले आँगनमा गट्टा खेलिरहेकी १० बर्षीया नातिनीलाई २० रुपैयाँ दिएर बलात्कार गरेका थिए ।

बालिका पीडाले चिच्याएपछि बृद्धले थप २० रुपैयाँ दिएर लगातार रातभरी बलात्कार गरेका थिए । बलात्कारपछि बृद्धले आफ्नो कुकृत्य लुकाउन बालिकाहरुलाई कसैलाई भनेमा ज्यान मार्नेसम्मको धम्की समेत दिएका थिए ।

हिजो दोलखा जिल्ला अदालतले घटनामाथि फैसला गरेको छ । जसअनुसार अदालतले ती वृद्धलाई कैद सजाय र पीडितलाई ५० हजार क्षतीपूर्ति दिने फैसला गरेको छ ।