६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकाका स्थानीय तहले ३ हप्ता सेवा बन्द गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सेवा ३ हप्ताका लागि बन्द गर्ने भएका छन् ।

सोमबार उपत्यकाभित्र रहेको नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरम को बैठकले ३ हप्ताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले भीडभाड कम गर्न यस्तो निर्णय गरिएको बताए ।

त्यस्तै, बैठकले सार्वजनिक यातायातलाई पनि भदौ १५ गतेसम्म पुनः रोक लगाउन समेत सरकारसमक्ष अनुरोध गरेको छ ।

कलकारखाना, उद्योग सञ्चालन हुँदा मजदुरहरुको दैनिक आवतजावतले पनि संक्रमण बढेको बताउँदै कलकारखानाभित्रै क्वारेन्टिनको व्यवस्था गर्ने र मापदण्ड पूरा गरे मात्रै सञ्चालन गर्न दिइने बैठकले निर्णय गरेको छ । त्यस्तै, सामाजिक सुरक्षा भत्ताको लागि नवीरकणको मिति असोज मसान्तसम्म बढाउन पनि सरकारसँग आग्रह गरिएको छ ।

त्यस्तै, फोरमले उपत्यकामा घना बस्ती भएकाले समुदायमा संक्रमण फैलिए भयानक हुनसक्ने भन्दै उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गर्न पनि सरकारलाई अनुरोध गरेको छ । त्यस्तै, बैठकले धेरै भीडभाड हुने समर्थन विरोधका जुलुस, सांस्कृतिक कार्यक्रम गर्न रोक लगाउन पनि सरकारसँग अनुरोध गरेको छ ।