६ कार्तिक २०८३, शुक्रबार

बाँकेमा २ चिकित्सक र ३ प्रहरीसहित थप १५ जनामा कोरोना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । बाँकेमा २ जना चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालगञ्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा संक्रमण पुष्टि भएको हो । उनीहरुको भेरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

भेरी अस्पतालका अनुसार मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगञ्जका ४७ वर्षका पुरुष र १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, नेपालगञ्ज वडा प्रहरी कार्यालयका ३ जना प्रहरीमा पनि संक्रमण देखिएको छ । त्यस्तै, १० र १२ वर्षीय बालबालिकामा पनि संक्रमण देखिएको जनाइएको छ ।