६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँमा ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ४ जना रहेका छन् ।

यससँगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ८० जना पुगेको छ ।

जसमा काठमाडौँमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित रहेका छन् ।

सोमबार मुलुकभर ३३८ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको सख्ंया २३ हजार ३ सय १० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १४० जना कोरोनामुक्त भएका छन् । निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।