
काठमाडौँ, २६ साउन । कोरोनाका कारण नेपालाम थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।
यससँगै मृत्यु हुनेको संख्या ७९ पुगेको छ । त्यस्तै, सोमबार थप ३ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ जनाको मृत्यु पुष्टि भएको र ३ सय ३८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ४० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या १६ हजार ४ सय ९३ जना पुगेका छन् ।
देशभर हाल ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया