
काठमाडौँ, २६ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ ।
व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा लिइने परीक्षाहरु अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको डीनको कार्यालयका सहायक डीन प्रा. डा. ध्रुवकुमार गौतमले जनाएका छन् ।
गौतमले एक सूचना जारी गर्दै स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रम तथा सत्रका सत्रान्त परीक्षाहरु आगामी भदौ दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएकोमा कोरोनाभाइरसको थप जोखिम बढेको, केही स्थानमा निषेधाज्ञा र लकडाउन भएका कारण हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।
गत चैत ७ गतेदेखि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर त्रिविले परीक्षाहरु स्थगित गरेको थियो ।
















प्रतिक्रिया