२ कार्तिक २०८३, सोमबार

एथ्लेटिको मड्रिडका दुई खेलाडीलाई कोरोना संक्रमण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ साउन । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

लिस्बोनमा मंगलबार राति हुने च्याम्पियन्स लिग क्वाटरफाइनलको तयारीमा रहेको एथ्लेटिकोका दुईजनामा संक्रमण भएको भनिए पनि उनीहरुको पहिचान खुलाइएको छैन । एथ्लेटिको मड्रिडले आरबी लेइप्जिगसँग मंगलबार राति प्रतिस्पर्धा गर्दै छ ।

संक्रमण देखिएका व्यक्ति अहिले घरमै आइसोलेशनमा रहेको एथ्लेटिको मड्रिडले जनाएको छ।

लिस्बोन जाने टिमका खेलाडी तथा क्लबका कर्मचारीहरुको शनिबार भएको परीक्षणको क्रममा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएकाहरुको पुनः परीक्षण भएको छ।