२ कार्तिक २०८३, सोमबार

बेलायतमा २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ साउन । बेलायतमा  गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका छन् ।

जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भनेर चिन्ता व्यक्त गरिएको छ । संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको रोयटर्सले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।