झापा, ३ चैत । झापा कारागारको एक कैदी फरार भएको छ ।
चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार ल्याइएका बिर्तामोडका २३ वर्षीय कमल सेख हुसैन मियाँ फरार भएका हुन् ।
सोमबार साँझ कारागारका कैदीबन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि मियाँ फरार भएको खुलेको थियो ।
फरार कैदी के कसरी फरार भएको भन्ने विषयमा अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।
फरार कैदीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।















प्रतिक्रिया