६ कार्तिक २०८३, शुक्रबार

एकैदिन २३ जनामा कोरोना देखिएपछि मकवानपुरमा निषेधाज्ञा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मकवानपुर, २५ साउन । मकवानपुरमा आज एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।

आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

संक्रमितको संख्या बढ्दै गएका कारण साउन २६ गतेदेखि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकरएकजना गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। –रासस